हुम्लामा पाँच वार्डको कोभिड अस्पताल सञ्चालन !

राजन रावत सिमकोट – हिमाली जिल्ला हुम्लामा पहिलो पटक पाँच वार्डको कोभिड अस्पताल स्थापना भएर सञ्चालनमा आएको छ । कोभिडका जटिल केशका विरामी देखिन थालेपछि कोभिड वार्डमा उपचार सुरु भएको हो । यसअघि सामान्य कोरोना पुष्टि भएका बिरामीलाई रानी वनस्थित आईसोलेशन वार्डमा राखिएको भएपनि शुक्रबार बिहान एक जना स्वास प्रस्वासमा समस्या आएका बिरामी देखिएपछि उक्त […]

Continue Reading

माधव नेपालले चुर्लुम्मै डुबाए, ओलीजीसँगको सम्बन्ध पनि बिग्रियो – प्रचण्ड !

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई ‘धोका’ दिएको आरोप लगाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालबीच सहमति भएको समाचार सार्वजनिक भएलगत्तै प्रचण्डले स्थायी कमिटी बैठकमा माधवले गम्भीर धोका दिएको आरोप लगाएका हुन्। माधव समुहले सांसद् पदबाट राजीनामा लागि तयार भएको भनेर आफूहरुलाई […]

Continue Reading

नेपालसहित विश्वलाई पुग्ने गरि अमेरिकाले खोप उत्पादन गर्नुपर्छ : सिनेटर एड मर्की !

काठमाडौं-  अमेरिकी सिनेटर तथा संसदको नवीकरणीय ऊर्जा, जलवायु तथा आणविक सुरक्षा समितिका अध्यक्ष एड मर्कीले नेपालसहित विश्वलाई उपलब्ध हुने गरी अमेरिकाले खोप उत्पादन गर्नुपर्ने बताएका छन्। ट्वीटमार्फत उनले अमेरिकाले बचतमा रहेको खोप नेपाललाई तत्काल उपलब्ध गराउनुपर्ने उल्लेख गर्दै सहायतालाई अमेरिकाले अभिवृद्धि गर्नुपर्ने पनि जनाएका छन्।     कोभिड-१९ को कारण नेपालमा मृ’त्यु भएकाको अवस्था हेरेर […]

Continue Reading

कोभिडका बिरामी बोक्दा बोक्दै एम्बुलेन्स चालक सङ्क्रमित भए : आइसोलेशनमा बस्दा आफु नाचे आरुलाई नाचाए ! (भिडियो सहित)

बिबिसी – ताराखोला गाउँपालिका, बागलुङका एम्बुलेन्स चालक रमेश खत्री कोभिड बिरामीलाई ओसार्दा आफै सङ्क्रमित भए। आइसोलेशनमा अन्य बिरामीसँग बस्दा उनले मनोबल उच्च राख्न दैनिक नाच्ने गर्थे। खत्री भन्छन्, “कोरोना भएको बेला नाच्दा मलाई कोरोना लागेको छैन जस्तो महसुस हुन्थ्यो। मनोबल उच्च हुन्थ्यो।” उनको नाचमा अन्य सङ्क्रमितका सँगै स्वास्थ्यकर्मीले पनि साथ दिन्थे।आफ्ना नाचका भिडिओहरू इन्टरनेटमा राखेका खत्री […]

Continue Reading

रामकुमारी झाँक्री मन्त्री बन्दै, अरु को-को ?

काठमाडौं – शुक्रबार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको नेताका हैसियतमा बिहीबार साँझ अल्पमतको प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आफूले शपथ लिएपछि केही नेतालाई मन्त्री बनाउने तयारी गरिरहेका छन् । नयाँ मन्त्रीबारे बालुवाटारमा आफू निकटसँग नेताहरूसँग अहिले ओलीले छलफल गरिरहेका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री बिहीबारमात्रै पार्टीभित्रको असन्तुष्ट माधवकुमार नेपाल समूहलाई सहमतिमा ल्याएका […]

Continue Reading

संक्रमित डाक्टर जसले निभाउँदै छन् आफ्नो जिम्मेवारी !

गुलरिया – जिल्ला अस्पताल गुलरियाका डा. विजय उपाध्याय आफैं कोरोना संक्रमित भए पनि अहिले बिरामीको उपचारमा सक्रिय छन्। पाँच दिनअघि उनमा संक्रमण पुष्टि भएको हो । कोरोनाविरुद्धका दुईवटै खोप लगाएका डा. उपाध्याय उपचारकै क्रममा संक्रमित भएका हुन्। जनशक्ति कम भएको जनरल वार्डमा १७ जना संक्रमित भर्ना भएपछि उपचारमा खटिनुपरेको डा. उपाध्यायले बताए । जन्मथलो कपिलवस्तु भई स्थायी […]

Continue Reading

आमाको अन्तिम संस्कार पुरा गर्न नपाउँदै, दाईको मृत्यु : आमाछोरा एकै पटक भयो अन्तिम संस्कार !

काठमाडौ – कोरोना कहरकाबीच कति परिवारमा निकै हृ’द’यविदारक घटना भएका छन् । परिवारका सदस्यहरु एक पछि अर्को गुमाउनु पर्दाको पी डा वयान गरीसाध्य छैन । बाँके नेपालगन्जमा केही दिनको फरकमा एकै घरमा तीन जनाको मृ’त्युको खबर सेलाउन नपाउँदै दागंमा फेरी त्यस्तै घटना दोहोरियो । कोरोना पुष्टि भएको ५ मिनेटमै जेठो दाईको मृ’त्यु भयो । लगातार […]

Continue Reading

मन्त्रीज्यू एक सिलिन्डर अक्सिजन मिलाउन नसक्ने, झण्डा हल्लाएर हिड्ने ?’ : रवि लामिछाने !

यो फोटो सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर जनमैत्री अस्पतालमा गाडीबाट झर्दै गर्दाकाे हो, जतिबेला रवि लामिछाने मन्त्रीज्यूलाई दस औँला जाेडेर स्वागत गर्दै थिए । कतिले हिजाेकाे भिडियाे हेरेपछि रविले त्यसरी ‘जाबो एक सिलिन्डर अक्सिजन ल्याउन नसक्ने, झण्डा हल्लाएर हिड्ने ?’ नभनेकाे भएपनि हुन्थ्याे भने । जानकारी हाेस् , मन्त्रीज्यूको घर जनमैत्री अस्पताल नजिकै छ । […]

Continue Reading

अन्त्यमा जिते ओलीले : माओवादी र कांग्रेसले भने – ‘बहमतीय सरकार बन्ने सम्भावना हरायो’ !

काठमाडौ  -संसदमा विश्वासको मत नपाएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै फेरी प्रधानमन्त्रीमा नियुक्त हुने सम्भावना बढ्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लािग दिएको समय सकिदै गएका कारण ओली नै प्रधानमन्त्री हुने सम्भावना बढेको हो । नेकपा एमालेमा बढ्दै गएको विवाद समाधान हुनेक्रममा रहनु र जसपा पनि एक ढिक्का नभएका […]

Continue Reading

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र जोड्ने सडकमा बिरामी बोकेको गाडी रातभर हिलोमा डुबिरहयो !

इलाम – प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र जोड्ने सडक फाल्गुनन्द मार्ग हो। गृह जिल्लामा हुने कार्यक्रममा नेम्बाङ फाल्गुनन्द सडक इलामको लाइफलाइन भएको बताइरहन्छन्। नेम्बाङको अधिकांश भाषणमा फाल्गुनन्द मार्ग चाडै सम्पन्न हुने कुरा छुट्दैन्। वामपन्थी सरकारले पश्चिमी इलामबासीको समस्या हल गर्न बढेका नेम्बाङ आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा बताइन्छन्। झापाबाट इलाम […]

Continue Reading